दुप्चेन तामाङ कराते राष्ट्रिय प्रतियोगितामा भाग लिन दिल्ली प्रस्थान

IMG-20241212-WA0214

खरसाङ: खरसाङको सिंगेल चिया बगान निवासी दीपेन तामाङ र रितु राईका ११ वर्षीय छोरा दुप्चेन तामाङ कराते इन्डिया अर्गनाइजेसनले आयोजना गरेको अखिल भारतीय राष्ट्रिय कराते च्याम्पियनशीपमा सहभागी हुन प्रशिक्षक सेन्सी सुशील क्षेत्रीसँग आज दिल्ली प्रस्थान गरेका छन्। डुप्चेनले पश्चिम बङ्गाल राज्यको प्रतिनिधित्व गर्दै अन्य ७८ जना सँग सहभागी हुनेछन्। उनले विगत ४ वर्षदेखि माफाको सिंगेल शाखामा सेन्सी राहुल विश्वकर्मासँग तालिम लिँदै धेरै पदकहरू जितिसकेका छन्। कराते खेलाडीहरूलाई उच्च स्तरमा पुर्‍याउन दार्जिलिङ जिल्लाका अध्यक्ष शिहान अनिल राई र कराते एसोसिएसन अफ बंगालका अध्यक्ष हान्सी प्रेमजीत सेनको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ। प्रतियोगिता निकै कठिन र निष्पक्ष भएकाले राष्ट्रिय स्तरका लागि छनोट हुन त्यति सजिलो काम नभएको माफाका अध्यक्ष सेन्सी सन्दीप प्रधानले सञ्चारकर्मीलाई बताएका छन्। हाम्रा विद्यार्थीहरू हरेक वर्ष उच्च स्तरमा पुग्नु सबै पहाडवासीहरूका लागि गर्वको क्षण हो र छिट्टै उनले विद्यार्थीहरूलाई एशियन कराते च्याम्पियनशीपमा हेर्न चाहेको बताएका छन्। उनले डुप्चेनलाई आर्थिक सहयोग गरेकोमा सभासद नुरी शेर्पालाई धन्यवाद समेत दिएका छन्। माफाले सहभागी र प्रशिक्षकको सम्पूर्ण उडान खर्च प्रायोजित गरेको छ भने राज्य महासंघ, कराते एसोसिएसन अफ् बंगालले पश्चिम बंगाल राज्यका सबै सहभागीहरूलाई तीन हजार र पच्चीस सयको सहभागिता शुल्क, व्याक्तिगत बीमा कभरेज रुपियाँ दुई लाखसहित ट्र्याक सुट प्रायोजित गरेको छ अनि रुपियाँ सात हजार र ट्र्याक सूट राज्यका आधिकारिक प्रशिक्षकलाई प्रायोजित गरेको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement