आईसीसी महिला टी२० वर्ल्ड कपको संशोधित कार्यक्रम जारी

IMG-20240827-WA0145

दुबई: इण्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)-ले आउँदो महिला टी२० वर्ल्ड कपको संशोधित कार्यक्रम जारी गऱ्यो। नयाँ कार्यक्रमअनुसार भारत र पाकिस्तानबीच म्याच ६ अक्टोबरमा हुनेछ। आईसीसी महिला टी२० वर्ल्ड कप ३ अक्टोबरदेखि शुरु हुनेछ। पहिलो यस वैश्विक टुर्नामेण्टको आयोजन बंग्लादेशमा हुनु थियो तर राजनैतिक अस्थिरताले गर्दा टुर्नामेण्टलाई यूएई-मा सारियो। अब टुर्नामेण्टका म्याचहरू दुबई र शारजाहमा आयोजित गरिनेछ। यी दुईवटा स्थलमा जम्मा २३ वटा म्याच खेलिनेछ। महिला टी२० वर्ल्ड कपको ग्रुप ए-मा गत च्याम्पियन अष्ट्रेलियाको साथमा भारत, न्यूजील्याण्ड, पाकिस्तान र श्रीलंका रहेको छ। यसरी नै ग्रुप बी-मा दक्षिण अफ्रिका, ईंग्ल्याण्ड, वेष्ट इण्डिज, बंग्लादेश र स्कटल्याण्ड सामेल छ। टुर्नामेण्टमा हरेक टीमले चारवटा ग्रुप म्याच खेल्नेछ। प्रत्येक ग्रुपको शीर्ष २-मा रहने टीमले सेमिफाइनलमा स्थान बनाउनेछ, जुन १७ र १८ अक्टोबरमा खेलिनेछ। यसरी फाइनल २० अक्टोबरको दिन दुबईमा खेलिनेछ। सेमिफाइनल र फाइनल दुवैको निम्ति रिजर्व डे राखिएको छ। श्रीलंका र स्कटल्याण्डले यस सालको शुरुवातमा अबुधाबीमा भएको आईसीसी महिला टी२० वर्ल्ड कप क्वालीफायरको माध्यमले टुर्नामेण्टमा स्थान बनाएको थियो। टी२० वर्ल्ड कप शुरु हुन अघि २८ सेप्टेम्बरदेखि १ अक्टोबरसम्म १० वटा अभ्यास म्याच खेलिनेछ।

About Author

Advertisement