न्यूजील्याण्डविरुद्ध टेस्ट म्याचको टीमबाट राशिद खान बाहिर

IMG-20240827-WA0140

काबुल: दिग्गज अलराउण्डर राशिद खानलाई आउँदो महिना ग्रेटर नोएडामा न्यूजील्याण्डविरुद्ध खेलिने एकमात्र टेस्ट म्याचको निम्ति अफगानिस्तानको २० सदस्यीय शुरुवाती टीममा स्थान प्राप्त भएन। एकमात्र टेस्ट म्याच ९-देखि १३ सेप्टेम्बरसम्म खेलिनेछ अनि यसको निम्ति राशिदलाई चयन नगरिएको फसेलाले धेरैलाई अचम्भित बनाएको छ कारण उनी यस प्रारूपमा अफगानिस्तानको तर्फबाट सर्वाधिक विकेट लिने बलर हुन्। राशिदले ५ वटा टेस्ट म्याचमा २२.३५-को औसतले ३४ विकेट लिएका छन्। यसमा उनले ४ पल्ट ईनिंग्समा ५ विकेट लिएका छन्। राशिदले अफगानिस्तानको निम्ति आफ्नो अन्तिम टेस्ट म्याच २०२१-मा जिम्बाब्वेविरुद्ध अबुधाबीमा खेलेका थिए, जसमा उनले ११ विकेट हासिल गरेका थिए। राशिद ब्याटको साथ पनि उपयोगी छन् अनि उनको नाममा एउटा टेस्ट अर्द्धशतक पनि रहेको छ।
हशमतुल्लाह शाहिदीको कप्तानीमा रहने टीममा रहमानुल्लाह गुरबाज र करीम जनतलाई पनि स्थान प्राप्त भएन। इब्राहिम जादरान, रहमत शाह, गुलबदीन नईब र अजमतुल्लाह उमरजई चाहिँ शुरुवाती टीममा रहेका छन्। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)-ले बताएअनुसार, ग्रेटर नोएडामा एक हप्तासम्म चल्ने अभ्यास शिविरको अन्तमा १५ सदस्यीय टीमको घोषणा गरिनेछ। अफगानिस्तानको टीम २८ अगस्तमा भारत पुग्नेछ। एसीबी-का अध्यक्ष मारवाइज अशरफले भने, टीममा केही युवा खेलाड़ीहरूलाई देखेर मलाई खुशी लागिरहेको छ। यी सबैले घरेलु क्रिकेटमा असल प्रदर्शन गरेका छन्। यसैकारण उनीहरूलाई टेस्ट टीमको हिस्सा बन्ने मौका प्राप्त भयो।

About Author

Advertisement