खरसाङ: खरसाङ महकुमा अन्तर्गत शिवखोलाको आईएनए मेमोरियल हाई स्कूलका शिक्षक संजय गुरुङको ५६ वर्षको उमेरमा आकस्मिक निधन भएको छ। उनको निधन शुक्रवार बिहान ६ बजीतिर सिलगढीको एक निजी नर्सिङ होममा निधन भएको यसै स्कूलका प्रभारी शिक्षक डीपी प्रधानले जानकारी गराएका छन्। उनले दिएको जानकारी अनुसार शिक्षक सञ्जय गुरुङ आईएनए मेमोरियल हाई स्कूलमा सन् १९९९ देखि विज्ञान विषयको शिक्षकको रूपमा कार्यरत थिए। उनको जन्म तीनधारेको शंकर निवासमा भएको थियो भने हाल उनी सालबारीमा बस्दै आएका थिए। उनको निधनले आईएनए मेमोरियल हाई स्कूल परिवार साथै शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उनले आफूपछि पत्नी, पेमा अनि छोरीलाई छोडी गएका छन्। शिक्षक सञ्जय गुरुङको अन्तिम संस्कार २६ सेप्टेम्बर २०२६ शनिवारको दिन सालबारीको पत्थरघट्टास्थित निजी बासस्थानमा सम्पन्न हुने भएको जानकारी प्रभारी शिक्षक डीपी प्रधानले जानकारी गराएका छन्।





