कोलकाताः कलकत्ता उच्च न्यायालयले आईईटी खड़गपुरमा छात्रको मृत्यु मामिलाको के जयरामनको अध्यक्षतामा जाँच समितिको गठन गरेको छ। बुधवार जस्टिस राजशेखर मन्थाले घटनाको जाँचको निम्ति नयाँ कमिटी बनाइने आदेश दिए। समितिको अध्य़क्षता के जयरामनले गर्नेछन् र यसमा कोलकाता पुलिस डीडीका सेवानिवृत्त अधिकारी र सीआईडीका अधिकारी सामेल हुनेछन्। यस कमिटीले नार्को टेस्ट गराउनसक्छ। जाँच टीमले १४ जुलाईमा रिपोर्ट दिनेछ।
बुधवार कोर्टमा मृतक छात्रका परिजनहरूले अपर पुलिस अधीक्षक र अन्य अधिकारीहरूले जानकारीलाई बङग्याएर दस्तावेजहरूलाई नष्ट गर्ने प्रयास गरेको शिकायत गरे। परिवारले उनीहरू विरूद्ध मामिला दर्ता गर्ने अनुमति दिने गुहार लगाए। जस्टिस मन्थाले भने, कोर्टले अब यस मामिलामा कुनै सुझाउ दिनेछैन। नयाँ जाँच एजेन्सीको रिपोर्ट हेरेपछि मात्र आगामी फसेला हुनेछ। परिवारको दाबी छ, दोस्रो पल्ट पोस्टमार्टमको २१ दिन बितेपछि पनि राज्यले अहिलेसम्म शवलाई असम पठाएको छैन। दोस्रो पोस्टमार्टम रिपोर्टमा हत्या गरिएको खुलासा भएको छ। त्यसैको आधारमा जाँच हुनेछ। कोर्टले राज्यले शव तुरन्तै असम पठानुपर्ने र त्यसलाई परिवारलाई सुम्पिनुपर्ने आदेश दियो।
न्यायमूर्ति मन्थाले भने, वर्तमानमा अदालतले यस घटनामा आईआईटी अधिकारीहरूलाई आंशिक रूपमा दोषी मान्दछ। यसैले चार्जशीट पेश गरिनुअघि दोस्रो पोस्टमार्टम रिपोर्ट अधिकारीहरूलाई दिन मिल्दैन। गत साल १४ अक्टोबरमा असम निवासी बीटेक मेकेनिकल इन्जीनियरिङको तृतीय वर्षको छात्र फैजानको शव खड़गपुर आईआईटीको छात्रावासको कमराबाट उद्धार गरिएको थियो। उसको हत्या गरिएको परिवारको आरोप छ। यसलाई लिएर परिजनहरूले हाईकोर्टको ढोका ढकढकाए।
-हिस











