गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको आगामी दिनमा हुने भ्रमणलाई लिएर आज याङसुम ग्राम पञ्चायत यूनिटमा तयारी सभा सम्पन्न भयो। क्षेत्र विधायक लोकनाथ नेपालको अध्यक्षतामा सम्पन्न भएको सभामा गेजिङ जिल्लाका जिल्लापाल हिस्से डी. योङदा लगायत विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए।
बैठकको क्रममा मन्त्री शर्मा र जिल्लापालले पूर्व पञ्चायतहरु, पूर्वसदस्यहरु र सेवानिवृत्त शिक्षकहरुलाई अभिनन्दन कार्यक्रम सम्बन्धी विभिन्न पक्षहरुको व्यवस्थापनका लागि गठित समितिको भूमिका र जिम्मेवारीकाबारेमा विस्तृतरूपमा जानकारी गराए।यस अवसरमा गेजिङ जिल्लाको बर्मेकमा नौमति धरोहर केन्द्रको शिल्यानस राज्यका मुख्यमन्त्रीले गर्ने विषयमामा पनि छलफल गरियो।
-हिस











