अहमदाबाद: अहमदाबादमा सम्पन्न भगवान जगन्नाथको रथयात्रा अवधि साम्प्रदायिक सौहार्दको दृश्य देख्न पाइयो। २१ किलोमीटर लामो रथयात्रा मार्गका दुवैतिर जनसमुदाय उर्लिए। मानिसहरू भगवानको एक झलक पाउन आतुर थिए। यस अवधि कतिपय ठाउँहरूमा अन्य धर्मावलम्बीहरूले रथयात्रालाई स्वागत जनाएको देखियो। जमालपुर-खाडिया क्षेत्रमा मुस्लिम समाजका मानिसहरूले ब्यानर लगाएर रथयात्रालाई स्वागत जनाए। मानिसहरूले ‘धार्मिक एकता जिन्दाबाद’को नारा पनि लेखेको देखियो। सामो मञ्चमा मुस्लिम समाजका केही अग्रजहरू सामेल भए।
ओडिशाको जगन्नाथपुरीमा निकालिने देशको सबैभन्दा ठूलो रथयात्रापछि दोस्रो नम्बरमा अहमदाबादको रथयात्रालाई स्थान दिइन्छ। जमालपुरस्थित मन्दिरबाट बिहान सातदेखि शुरू भएको रथयात्रा ७:४० बजे जमालपुर पगथिया आइपुग्यो। त्यसपछि लगभग आठ बजे अहमदाबाद महानगरपालिकाको मुख्यालय भएर गुज्रियो। रथयात्राको क्रममा ९:४६ बजे विभिन्न अखाड़ाका युवाहरूले अभूतपूर्व चटकहरू प्रदर्शन गरे। -हिस










