असम: राज्याा गाई तस्करीविरुद्ध कडा कारबाही

Screenshot_20260824_195042_Facebook

१०६ मवेशी उद्धार, ३६ जना पक्राउ

गुवाहाटी: असममा गाई तस्करहरूविरुद्ध कडा अभियान जारी रहेको छ। असमका मुख्यमन्त्री हिमन्त विश्व सरााले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार विश्वनाथ पुलिसले एक ठूलो कारबाही गर्दै १० वटा सवारी साधनमा अमानवीय तरिकाले राखिएका १०६ वटा गाईवस्तुको उद्धार गरेको छ। यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३६ जनालाई पक्राउ गरेको छ।
​मुख्यमन्त्री सरमाले गाईवस्तुको सुरक्षा सुनिश्चित गर्न तथा किसान र सर्वसाधारणको हितको रक्षा गर्न आफ्नो सरकार पूर्ण रूपमा दृढ र कटिबद्ध रहेको स्पष्ट पारेका छन्।

विश्वनाथ पुलिसले सञ्चालन गरेको यस अभियानलाई गाई तस्करी नियन्त्रण गर्ने दिशामा महत्त्वपूर्ण कदम मानिएको छ र पक्राउ परेका आरोपीहरूमाथि थप कानुनी कारबाही अघि बढाइएको छ।

About Author

Advertisement