सिक्किम साइन्स सेन्टरमा राष्ट्रिय अन्तरिक्ष दिवस–२०२६ सम्पन्न

FB_IMG_1787579137577

विकसित भारत २०४७ तर्फ भारतको अन्तरिक्ष यात्रा’ विषयमा विभिन्न कार्यक्रम

नामली: भारतको अन्तरिक्ष अन्वेषणका उपलब्धि तथा चन्द्रयान–३ को ऐतिहासिक सफलताको स्मरण गर्दै नामलीस्थित सिक्किम साइन्स सेन्टरमा उत्साहमय वातावरणमा राष्ट्रिय अन्तरिक्ष दिवस–२०२६ मनाइएको छ। सिक्किम राज्य विज्ञान तथा प्रविधि परिषद्को आयोजना र सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभागको सहयोगमा ‘विकसित भारत २०४७ तर्फ भारतको अन्तरिक्ष यात्रा’ भन्ने मूल नाराका साथ अगस्ट २३, २०२६ मा उक्त कार्यक्रम सम्पन्न भएको हो।

​कार्यक्रममा सिक्किम राज्य विज्ञान तथा प्रविधि परिषद्का निर्देशक डा. सुमन थापा मुख्य अतिथि रहनुभएको थियो। कार्यक्रममा विज्ञान तथा प्रविधि विभागका उपनिर्देशक, ग्याङटोकस्थित बोजोघारी वरिष्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक शरद पौड्याल, ग्याङटोक र पाक्याङ जिल्लाका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। प्राविधिक सत्रमा एसआरएम विश्वविद्यालय सिक्किमका सह-प्राध्यापक डा. शुभ्राङ्शु घोष, सिक्किम विश्वविद्यालयका सहायक प्राध्यापक डा. रूपक मुखर्जी र एसआरएम विश्वविद्यालयकी अनुसन्धान तथा विकास उपनिर्देशक डा. ओ इन्ड्रिला विश्वासले स्रोत व्यक्तिका रूपमा विद्यार्थीहरूलाई अन्तरिक्ष विज्ञान र अनुसन्धानबारे जानकारी गराउनुभएको थियो।
​कार्यक्रमका अवसरमा चित्रकला, निबन्ध र पावरपोइन्ट प्रिजेन्टेसन प्रतियोगिता आयोजना गरिएको थियो, जसमा १५ जना विद्यार्थीहरूले भाग लिएका थिए। चित्रकलातर्फ सेन्ट जेभियर्स स्कूल पाक्याङ प्रथम, टाशी नामग्याल वरिष्ठ माध्यमिक विद्यालय ग्याङटोक दोस्रो र सरकारी वरिष्ठ माध्यमिक विद्यालय नामचेबोङ पाक्याङ तेस्रो भए। निबन्धतर्फ पीएम श्री देउराली गर्ल्स वरिष्ठ माध्यमिक विद्यालय प्रथम, सरकारी वरिष्ठ माध्यमिक विद्यालय बोजोघारी दोस्रो र सरकारी वरिष्ठ माध्यमिक विद्यालय तादोङ तेस्रो बने।

त्यसैगरी पावरपोइन्ट प्रिजेन्टेसनतर्फ सरकारी वरिष्ठ माध्यमिक विद्यालय रुमतेक प्रथम, बृहस्पति प्रसाईं सरकारी वरिष्ठ माध्यमिक विद्यालय रानीपुल दोस्रो र सरकारी वरिष्ठ माध्यमिक विद्यालय बोजोघारी तेस्रो स्थान हासिल गर्न सफल भए। कार्यक्रमले युवा पुस्तामा वैज्ञानिक चेतना र अन्तरिक्ष विज्ञानप्रतिको रुचि बढाउन महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।

About Author

Advertisement