गान्ताेकमा पाङ ल्हापसोलको अवसरमा ‘पाङतोद छाम’ प्रदर्शन हुने

Screenshot_20260824_190731_Facebook

गान्ताेक: सिक्किमको ऐतिहासिक तथा सांस्कृतिक पर्व पाङ ल्हापसोल २०२६ को पावन अवसरमा ग्याङटोकस्थित चुक्लाखाङ दरबार परिसरमा परम्परागत ‘पाङतोद छाम’ आयोजना हुने भएको छ। सिक्किम सरकारले आगामी २८ अगस्ट २०२६ का दिन बिहान ९:०० बजेदेखि सञ्चालन हुने उक्त भव्य सांस्कृतिक कार्यक्रममा सहभागी हुन सबैमा आग्रह गरेको छ।
​सिक्किमको मौलिक परम्परा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष पाङ ल्हापसोल पर्व उत्साहका साथ मनाइँदै आएको छ। यस अवसरमा प्रस्तुत गरिने पवित्र पाङतोद छाम नृत्य अवलोकन गरी यस ऐतिहासिक उत्सवको हिस्सा बन्न सिक्किम सरकारले आम नागरिक तथा पर्यटकहरूलाई हार्दिक निमन्त्रणा दिएको छ।

About Author

Advertisement