खरसाङ: अव्यस्थित खरसाङलाई व्यवस्थित बनाउन धेरै काम गर्न आवश्यक रहेको भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव बिनय प्रसादले बताएका छन्। बिहीवार खरसाङ नगरपालिकाको सञ्चालनको लागि नगरपालिकाको प्रशासक एंव खरसाङ महकुमा शासकसितको बैठकपछि आज खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै बिनय प्रसादले हालमा नगरपालिकाको आफ्नै हालत जर्जर रहेको, कर्मचारीहरुको कमी रहेको, सम्पत्तिको कमी रहेको देखियो तर जनताको सुविधाका लागि पुग्नुपर्छ भन्ने उद्देश्यका साथमा काम गरिने बताए। बिनय प्रसादले भने, अहिलेको परिस्थिति हेर्दा जनतालाई सुविधा पुराउन काम गरिने विषयमा चर्चा गरिएको छ। मैलालाई व्यवस्थित तरिकाले कानको लागि नगरपालिकासित सभा गरिएको हो। नगरपालिकामा विभिन्न समस्याहरु भए पनि सामाधानको लागि बाटो निकालिन्दैछ। खरसाङलाई व्यवस्थित बनाउन काम गरिनेछ।’
भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव बिनय प्रसादले अझ भने खरसाङलाई व्यवस्थित बनाउन केही समय लाग्ला अनि यस कार्यमा जनतालाई पनि असुविधा जुन जाला तर हामी झट्टै काम गर्नेछौँ र खरसाङलाई व्यवस्थित बनाउन काम गर्नेछौँ।’
पत्रकारहरुलाई सम्बोधन गर्दै निशान सुनारले नगरपालिकाको विभिन्न समस्याहरुलाई लिएर सभा आयोजना गरिएको र जनताले पाउने बुनियादी सुविधाहरु विषयमा विशेष चर्चा गरिएको जानकारी गराएका छन्। उनले कर्मचारीहरुको वेतन सफाई कर्मचारीहरुको वेतन लगायत विभिन्न समस्याहरु विषयमा महकुमा शासकलाई जानकारी गराएको बताएका छन्। उनले यो मनसुनको समयमा तत्काल सहयोगको लागि प्रत्येक वार्डमा कमिटी गठन गरेर काम गरिने पनि जानकारी गराएका छन्। उनले आपतकालीन सहयोगको लागि प्रत्येक वार्डको प्रतिनिधिसित सम्पर्क गर्न सकिने पनि बताएका छन्।









