अरुणाचल: मुख्यमन्त्री खाण्डुद्वारा वातोङ गाउँबासीसँग संवाद

0f44ba25-9617-40d8-8586-32606fce08a0

१२ सय मेगावाटको कलई-दोस्रो जलविद्युत परियोजनालाई स्थानीयको पूर्ण सहमति

ईटानगर: मुख्यमन्त्री पेमा खाण्डुले अञ्जाव जिल्लाको वातोङ गाउँका बासिन्दाहरूसँग भेटघाट गरी राष्ट्रिय गौरवको कलई-दोस्रो जलविद्युत परियोजना (१२०० मेगावाट) का विषयमा छलफल गरेका छन्। मन्त्रीद्वय दासंगलु पुल र मामा नतुङको विशेष उपस्थितिमा भएको उक्त छलफलका क्रममा स्थानीय बासिन्दाहरूले प्रस्तावित परियोजनालाई पूर्ण समर्थन जनाएका छन्।
​भेटघाटपछि मुख्यमन्त्री खाण्डुले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गर्दै वातोङबासीले परियोजनाका लागि सर्वसम्मतिले स्वीकृति दिएको जानकारी गराएका हुन्।
​”वातोङ गाउँका आदरणीय बासिन्दाहरूले यो ऐतिहासिक कलई-दोस्रो जलविद्युत परियोजनालाई खुला हृदयले स्वागत गर्दै आफ्नो सहमति दिनुभएको थाहा पाउँदा निकै खुसी लागेको छ,” मुख्यमन्त्री खाण्डुले लेखेका छन्।
​यसका साथै मुख्यमन्त्री खाण्डुले यो महत्वपूर्ण परियोजना स्वीकृत गरिदिएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक आभार प्रकट गरेका छन्। यो जलविद्युत परियोजनाले अरुणाचल प्रदेशको चौतर्फी विकास, ऊर्जा सुरक्षा र स्थानीय स्तरमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ।

About Author

Advertisement