मार्गदर्शन र अभिभावकीय स्नेहप्रति प्रकट गरे आभार
ईटानगर: अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले राज्यका माननीय राज्यपाल लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) के.टी. पर्नाइक (पिभीएसएम, युवाईएसएम, वाईएसएम) लाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री खाण्डुले सामाजिक सञ्जालमार्फत राज्यपाल पर्नाइकप्रति आदर प्रकट गर्दै राज्य सञ्चालन र व्यक्तिगत जीवनमा उनको अमूल्य मार्गदर्शनको उच्च प्रशंसा गरेका छन्।
”यस विशेष अवसरमा, म हजुरको अमूल्य मार्गदर्शन, बुद्धिमत्तापूर्ण सल्लाह र पितासमानको स्नेहका लागि गहिरो आभार प्रकट गर्दछु,” मुख्यमन्त्री खाण्डुले भनेका छन्, “हजुरको यो स्नेह र मार्गदर्शन मेरा लागि सधैँ हौसला र प्रेरणाको निरन्तर स्रोत बनेको छ।”
शुभकामना सन्देशको अन्त्यमा मुख्यमन्त्री खाण्डुले राज्यपालको सुखद र दीर्घायुको कामना गर्दै लेखेका छन्, “भगवान बुद्धको कृपा हजुरमाथि सधैँ रहोस् र हजुरलाई सुस्वास्थ्य, बुद्धि, आन्तरिक शान्ति तथा देश र जनताको सेवामा समर्पित हुनका लागि दीर्घायु प्राप्त होस् भनी प्रार्थना गर्दछु।”









