फ्रान्समा विमान दुर्घटना: ११ जनाको मृत्यु

c2b34246-613e-41c2-9b67-a7d4e02b8662

नयाँ दिल्ली: फ्रान्सको पूर्वी भागस्थित टम्ब्लेन नजिकै आइतबार एक विमान दुर्घटना हुँदा त्यसमा सवार ११ जनाकै मृत्यु भएको छ। स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले जनाएअनुसार दुर्घटनाग्रस्त विमान स्कािडाइभिङका लागि प्रयोग गरिँदै आएको थियो।
​विमानमा एक पाइलट, पाँच प्रशिक्षार्थी र पाँच जना प्रशिक्षक सवार थिए। दुर्घटनामा परेका कसैलाई पनि जीवितै उद्धार गर्न नसकिएको र सबैको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।
​घटनालगत्तै फ्रान्सेली सुरक्षा निकायहरूले विमानस्थल वरपरको क्षेत्र खाली गराई अनुसन्धान र उद्धार टोली परिचालन गरेका छन्। सर्वसाधारणलाई उक्त क्षेत्रमा प्रवेश नगर्न आग्रह गरिएको छ।
​दुर्घटनाको खबरलगत्तै फ्रान्सका आन्तरिक मन्त्री लोउरेन्ट नुनेन्ज घटनास्थलतर्फ प्रस्थान गरेका छन्। विमान दुर्घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन। फ्रान्सेली नागरिक उड्डयन अधिकारीहरूले घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको जनाएका छन्।

About Author

Advertisement