अमेरिकी मध्यावधि निर्वाचन : भारतीय मूलकी नबीला सैयदको ऐतिहासिक जित

e58e8593-2e3f-458b-8d18-09bbcfdd9d60

​पेलाटाइन (इलिनोय): भारतीय मूलकी डेमोक्रेटिक पार्टीकी उम्मेदवार नबीला सैयदले अमेरिकी मध्यावधि निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकी छन्। उनले इलिनोय राज्यको २६औँ सेनेट डिस्ट्रिक्टबाट रिपब्लिकन पार्टीका उम्मेदवार डार्बी हिल्सलाई पराजित गर्दै जित निकालेकी हुन्।
​निर्वाचनमा नबीलाले ५६.१ प्रतिशत मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी डार्बी हिल्सले ४३.९ प्रतिशत मत ल्याए। २७ वर्षीया नबीला इलिनोय जनरल असम्बलीमा निर्वाचित हुने सबैभन्दा कान्छी प्रतिनिधि तथा पहिलो दक्षिण एसियाली-मुस्लिम महिला हुन्। यसअघि २३ वर्षकै उमेरमा इलिनोयको ५१औँ हाउस डिस्ट्रिक्टबाट निर्वाचित भएर उनले इतिहास रचेकी थिइन्।
​पेलाटाइनमा जन्मी हुर्केकी नबीलाका आमाबुबा मूल रूपमा भारतको हैदराबादका हुन्, जो १९८० को दशकमा अमेरिका सरेका थिए। नबीलाले स्वास्थ्य सेवाको पहुँच, औषधि मूल्य नियन्त्रण, महिला स्वास्थ्य तथा गर्भपतनको अधिकार, बन्दुक हिंसा नियन्त्रण र शिक्षामा लगानी अभिवृद्धि जस्ता मुद्दालाई मुख्य चुनावी एजेन्डा बनाएकी थिइन्।

About Author

Advertisement