सत्रको अन्तमा हुने बीडब्ल्यूएफ वर्ल्ड टूर फाइनल्समा स्थान बनाइन् सिन्धुले

IMG-20261104-WA0087

नयाँ दिल्ली: भारतकी अनुभवी शट्लर खेलाड़ी पीभी सिन्धुले बीडब्ल्यूएफ (ब्याडमिण्टन वर्ल्ड फेडरेशन) वर्ल्ड टूर फाइनल्सको निम्ति क्वालीफाई गरिन्। बीडब्ल्यूएफ-ले बुधवार यसको पुष्टि गऱ्यो। सत्रको अन्तमा हुने यस प्रतिष्ठित टुर्नामेण्टको आयोजन ९-देखि १३ दिसम्बरसम्म चीनको हांगझोउमा हुनेछ। सिन्धुले २०२१ पछि पहिलोपल्ट यस टुर्नामेण्टमा हिस्सा लिनेछिन्। महिला एकल वर्गमा सिन्धु बाहेक दक्षिण कोरियाकी आन से यंग, जापानकी अकाने यामागुची तथा चीनकी वांग झी यी र चेन यू फेईले पनि टुर्नामेण्टको निम्ति क्वालीफाई गरेकी छन्। यो सिन्धुकी करियरको छैटौं वर्ल्ड टूर फाइनल्स हुनेछ। यसअघि उनले २०२२ संस्करणको निम्ति क्वालीफाई गरेकी थिइन् तर चोटले गर्दा उनले टुर्नामेण्टबाट नाम फिर्ता लिएकी थिइन्। सिन्धु यस टुर्नामेण्टमा महिला एकलको खिताब जित्ने एकमात्र भारतीय खेलाड़ी हुन्। उनले २०१८-मा जापानकी नोजोमी ओकुहारालाई पराजित गरी खिताब आफ्नो नाम गरेकी थिइन्। हालै हाइलो ओपनको सफलताले सिन्धुलाई वर्ल्ड टूर फाइनल्समा स्थान दिलाउनमा ठूलो भूमिका निर्वाह गऱ्यो, जहाँ भारतीय शट्लर च्याम्पियन भएकी थिइन्। हाइलो ओपन सुपर ५००-मा खिताब जितेपछि सिन्धु ताजा विश्व ऱ्याङकिंगमा २ स्थानको सुधार गरी छैटौं स्थानमा पुगेकी छन्। यसअघि उनले जुलाईमा जापान ओपन सुपर ७५०-को खिताब पनि जितेकी थिइन्। हाइलो ओपन अघि सिन्धु फ्रेञ्च ओपनमा पनि उपविजेता रहेकी थिइन्। वर्ल्ड टूर फाइनल्समा विश्व ऱ्याङकिंगको आधारमा शीर्ष ८-मा सामेल खेलाड़ीहरूलाई स्थान दिइन्छ। महिला एकल वर्गमा रहल तीनवटा स्थानको निम्ति खेलाड़ीहरूबीच प्रतिस्पर्धा जारी छ।

About Author

Advertisement