​अफगानिस्तानमाथि पाकिस्तानको हवाई हमला, भारतद्वारा कडा निन्दा

d9e78588-69a6-448d-849b-08ddfa9117a6_cx0_cy99_cw0_w408_r1_s

नयाँ दिल्ली: ​भारतले अफगानिस्तानको भूमिमा पाकिस्तानद्वारा गरिएको हवाई हमलाको कडा शब्दमा निन्दा गरेको छ। नयाँ दिल्लीले यस सैन्य कारबाहीलाई अफगानिस्तानको संप्रभुता र क्षेत्रीय अखण्डतामाथिको सीधा प्रहार भन्दै यसले क्षेत्रीय शान्ति र स्थिरतामा गम्भीर खतरा निम्त्याउने चेतावनी दिएको छ। हमलामा ठूलो संख्यामा सर्वसाधारण, विशेष गरी महिला र बालबालिका मारिएको घटनाप्रति भारतले गहिरो दुःख व्यक्त गरेको छ।
​पाकिस्तानी सेनाले सुरुमा २९ जना लडाकू मारिएको दाबी गरे पनि अफगानिस्तानले भने उक्त हवाई आक्रमणमा कम्तीमा ३५ जना सर्वसाधारण नागरिकले ज्यान गुमाएको स्पष्ट पारेको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा पाकिस्तानले आफ्नो आन्तरिक असफलता र कमजोरीहरूबाट विश्वको ध्यान भटकाउनका लागि सीमापार यस्ता हिंसात्मक र आक्रामक कदम चालेको आरोप लगाइएको छ। संकटको यस घडीमा भारत सदैव अफगान जनताको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता समेत भारत सरकारले दोहोर्‍याएको छ।

About Author

Advertisement