काेफकाता: पश्चिम बंगाल विधानसभामा पहिलो पटक निर्वाचित भएका नयाँ विधायकहरूका लागि संसदीय प्रक्रिया र मर्यादा सिकाउन विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरिने भएको छ। आगामी जुलाई ३ र ४ तारिखमा न्यूटाउनस्थित विश्व बंगला कन्भेन्सन सेन्टरमा हुने दुई दिने प्रशिक्षण कार्यक्रममा भारतीय लोकसभाका सभामुख ओम बिर्ला मुख्य अतिथिका रूपमा सहभागी हुने भएका छन्।
संसदीय प्रणाली, सदनको नियम र प्रभावकारी भूमिकाबारे सिकाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रशिक्षणमा पहिलो पटक सांसद बनेका सबै नयाँ विधायकहरूका लागि उपस्थित हुन अनिवार्य गरिएको छ। विधानसभाका सभामुख रथीन्द्र बोसले सोमबार सदनमा यसबारे जानकारी गराउँदै यस कार्यक्रममा केन्द्र सरकारका कयौँ मन्त्री तथा वरिष्ठ जनप्रतिनिधिहरूले समेत अनुभव साट्ने बताएका छन्।










