पूर्व प्रमुख निर्वाचन आयुक्त राजीव कुमार एचडीएफसी बैंकको नयाँ अध्यक्ष नियुक्त​

a91cb710-feee-4abd-85a2-715e23b0a29a

भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको बैंक, एचडीएफसी बैंकको सञ्चालक समिति (बोर्ड) ले पूर्व अर्थ सचिव तथा देशका २५औँ प्रमुख निर्वाचन आयुक्त राजीव कुमारलाई आफ्नो नयाँ अध्यक्ष (चेयरम्यान) नियुक्त गरेको छ। बैंकले दिएको जानकारी अनुसार, राजीव कुमारलाई ३० जुन २०२६ देखि लागू हुने गरी चार वर्षको कार्यकालका लागि बैंकको स्वतन्त्र निर्देशक(इंडिपेंडेंट डायरेक्टर)नियुक्त गरिएको हो।​भारतीय रिजर्भ बैंक (आरबीआई) को अन्तिम स्वीकृति पाएपछि उनलाई तीन वर्षका लागि बैंकको आंशिक (पार्ट टाइम) अध्यक्ष बनाइनेछ। उनले अतनु चक्रवर्तीको स्थान लिनेछन्, जसले गत मार्चमा आफ्नो पदबाट राजीनामा दिएका थिए। सन् १९८४ ब्याचका आईएएस अधिकारी रहेका राजीव कुमारसँग बैंकिङ क्षेत्रको सुधार र वित्तीय नीतिहरूको व्यवस्थापनमा लामो अनुभव रहेको छ।

About Author

Advertisement