अगस्त्य’मा नाजिरको ५ फरक गेटअप

IMG-20240117-WA0171.jpg

टीआरआई समाचार
काठमाडौ: १ मार्चबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्यः च्याप्टर १’को फस्टलुकले निकै चर्चा पायो। नायक सौगात मल्लको दुई फरक गेटअपको पोष्टरले निकै चर्चा पाएपछि फिल्मको हाइप पनि ह्वात्तै बढेको छ।bअब, यो फिल्मको निर्माणपक्षले नायक नाजिर हुसेनको लुक्स सार्वजनिक गर्दै नयाँ पोष्टर सार्वजनिक गरेको छ।सार्वजनिक पोष्टरमा नाजिरको ५ फरक गेटअप प्रस्तुत गरिएको छ।
नाजिरले फिल्ममा आफूलाई ५ फरक गेटअपमा प्रस्तुत गरेको यसका लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए।
नाजिरको गेटअप हेर्दा पनि उनले फिल्मका लागि निकै मिहिनेत गरेको देखिन्छ। निर्माणपक्षले दिएको जानकारी अनुसार, नाजिरले यो फिल्मका लागि २० केजी तौल बढाएका थिए। सार्वजनिक पोष्टरमा नाजिरको फिल्ममा शुरुवातदेखि अन्तिमसम्मको भूमिकालाई प्रस्तुत गरिएको निर्माणपक्षले जानकारी दिएको छ।
फिल्ममा नाजिरलाई ‘निसान’ पात्रको भूमिकामा देख्न सकिन्छ। डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ। फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्।
यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ।
यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने आँकलन भइरहेको छ। कतिपय फिल्मीकर्मीले ‘अगस्त्य’ नेपाली फिल्मका लागि ट्रेन्ड सेटर बन्ने विश्लेषण समेत गरिरहेका छन्।

About Author

Advertisement