कोचबिहारको सागरदिघीबाट एक व्यक्तिको मृतदेह उद्धार

IMG-20230528-WA0320-5-300x172-5

कोचबिहार: कोचबिहारको सागरदिघीबाट एकजना व्यक्तिको लाश उद्धार भएको छ भने सो मृतक व्यक्ति ४० वर्षीय सञ्जीव कुमार देवको रूपमा चिन्हित गरिएको छ। तिनी कोचबिहार शहरको नतुन बजार इलाकामा भाडाको घरमा बस्दै आइरहेका थिए। प्राप्त जानकारी अनुसार आज बिहान मर्निङ वकमा निस्केका मानिसहरूले सागरदिघीमा लाश देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर कोचबिहार कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर लाश उद्धार गरेपछि पोस्टमार्टमको लागि कोचबिहार एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार सञ्जीव कुमारले व्यवसाय गर्ने गर्थे। तिनी कोचबिहार शहरमा भाडाको घरमा बस्ने गर्थे। गत राति परिवार तथा साथीहरूसित तिनले भेट गर्नको साथै गत अबेर राति तिनले एउटा व्हाट्सएप ग्रुपमा म्यासेज गरेका थिए। यसपछि तिनको फोन नलागेपछि परिवारका सदस्यहरूले यसबारे थानामा अभियोग दर्ता गरेका थिए। पछि सागरदिघीबाट सञ्जीव कुमारको लाश उद्धार गरेको खबर पाए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement