नयाँ दिल्ली, १७ जनवरीः भारतीय महिला हकी टीमले एफआईएच ओलम्पिक क्वालीफायरको सेमिफाइनलमा स्थान बनायो। भारतले ग्रुप चरणको आफ्नो अन्तिम म्याचमा इटलीलाई ५-१-ले पराजित गऱ्यो। यस जीतको साथै भारतले पेरिस ओलम्पिकमा स्थान बनाउने दावेदारीलाई मजबूत गऱ्यो। भारतको निम्ति आफ्नो १००औं म्याचमा उदिता दुहानले २ गोल गरिन्। उनले पहिलो अनि ५५औं मिनटमा गोल गरिन्। यसबाहेक दीपिकाले ४१औं, सलीमा टेटेले ४५औं र नवनीत कौरले ५२औं मिनटमा गोल गरिन्। भारत पूल बी-मा अमेरिकापछि दोस्रो स्थानमा रह्यो। अब बिहीवार खेलिने सेमिफाइनलमा भारतको भिड़न्त ग्रुप ए-को शीर्ष स्थानमा रहने जर्मनीसँग हुनेछ। यसरी अमेरिकाले जापानको चुनौती स्वीकार्नेछ। यी चारवटा टीममा शीर्ष तीनवटा टीमले पेरिस ओलम्पिकको निम्ति क्वालीफाई गर्नेछ। भारतको ग्रुपमा रहने अमेरिकाले आफ्नो अन्तिम म्याचमा न्यूजील्याण्डलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एलिजाबेथ येगरले दोस्रो क्वार्टरमा पेनल्टी कर्नरबाट गोल गरिन्।








