नाम्चीः नाम्ची लोकल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशनले आज स्थानीय ट्याक्सी वाहनलाई नयाँ टोकन प्रदान गरेको छ। नाम्ची लोकल ट्याक्सी ड्राइभर वेल्फियर एसोसिएशनका उपाध्यक्ष प्रेमकुमार राईले स्थानीय लोकल ट्याक्सी वाहन चालक र जन साधरणको हितमा टोकन वितरण गरिएको बताएका छन्।
उनले आदिकवि भानुभक्त सालिग अघि रहेको परिसरमा चारवटा लोकल ट्याक्सी वाहन मात्र राख्न पाइने र त्यसभन्दा अधिक राखे, आफै जिम्मावरी हुनुपर्ने बताए। आदि कवि भानुभक्तको सालिग अघिको परिसरदेखि डीसी कार्यालय परिसरको स्थानसम्म मात्र टोकन भएका वाहनहरूले वाहन राख्न पाउने उल्लेख गरे।
उनले नाम्ची पर्यटन स्थल भएको कारण यसो गर्दा स्थानीय लोकल ट्याक्सी चालकहरूलाई राम्रो हुने अवगत गराए। यस टोकन वितरण कार्यक्रममा नाम्ची ट्राफिक पुलिसका प्रतिनीधिगण, नाम्ची लोकल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशनका अध्यक्ष प्रशान्त तामाङ, महासचिव मोहनदास राई, प्रचार सचिव इनोश राई आदिको उपस्थिति रहेको थियो।
-हिस