भूतपूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली

bhandari_457

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका भूतपूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली अर्पित गर्दै स्वर्गीय भण्डारी आधुनिक सिक्किमका निर्माता रहेको बताएका छन्।

मुख्यमन्त्री तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेज मार्फत स्वर्गीय नर बहादुर भण्डारीलाई उनको पुण्यतिथिको अवसरमा हार्दिक श्रद्धाञ्जली अर्पित गरेका छन्। उनले स्वर्गीय भण्डारी आधुनिक सिक्किमका निर्माता रहेको पनि उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले नेपाली भाषालाई भारतको संविधानको आठौं अनुसूचिमा अन्तर्भुक्त गर्न निर्वाह गरेको भूमिकाको निम्ति स्वर्गीय भण्डारीको सम्झाना गरिन्छ, जुन ऐतिहासिक क्षण थियो भनी बताएका छन्। स्वर्गीय भण्डारीलाई हामी उनका उत्कृष्ट शासन र नेतृत्व गुणका लागि सदैव सम्झाना गरिरहन्छौ भनी उनले बताएका छन्।

-हिस

About Author

Advertisement