पाँच महिनामा ढल्नेछ तृणमूल सरकार, भाजपाका केन्द्रिय मन्त्रीको विस्फोटक दाबी

00-1-Rajya-Samachar-15

उत्तर २४ परगनाः पञ्चायत चुनाउपछि भाजपाले एक पल्ट फेरि राज्यका तृणमूल सरकारलाई उखेलेर फ्याक्ने धमकी दिएको छ। पञ्चायत चुनाउअघि राज्य विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीदेखि लिएर केन्द्रिय गृहमन्त्री अमित शाहसम्मले बंगाल सरकार ढल्ने भविष्य़वाणी गरिसकेका छन्। यस पाली केन्द्रिय राज्य मन्त्री शान्तनु ठाकुरले सरकार ढाल्ने दाबी गरेका छन्। शान्तनुले दाबी गरे, आगामी पाँच महिनामा तृणमूल कांग्रेसको सरकार ढल्नेछ।

शनिवार साझँ भाजपाले उत्तर २४ परगनाको गायघाटा फुलशरा पंचकोटाय क्षेत्रको पञ्चायतमा विजयी उम्मेदवारहरूको निम्ति स्वागत समारोहको आयोजन गऱ्यो। केन्द्रिय जहाजरानी राज्य मन्त्री शान्तनु ठाकुर, बनगाउँ सांगठनिक जिल्ला भाजपा अध्यक्ष रामपद दास समेत धेरै भाजपा नेताहरू त्यहाँ उपस्थित थिए।

स्वागत समारोहको मञ्चबाट शान्तनु ठाकुरले भने, शासक दलले राज्यमा एक महिनाभित्र नै भोट गऱ्यो। पुलिस पनि निष्क्रिय रह्यो। आयोग पनि निष्क्रिय रह्यो। तृणमूल कांग्रेसको गुण्डाहरूले भाजपा नेताहरू र कार्यकर्ताहरूमाथि कुन प्रकारले अत्याचार गऱ्यो, यसको त कुरा नै भइरहेको छैन। पञ्चायत चुनाउमा भाजपाले जति भोट पायो, त्यसभन्दा दश गुणा धेरै भोट पाउनुपर्नेथियो। म आशावान् छु, माननीय अदालतले हाम्रो पक्षमा सकारात्मक फसेला सुनाउनेछ र जहाँ परिणाम नकारात्मक छ, त्यहाँ पुनः चुनाउ गराइने आदेश दिनेछ। हामीले धेरै ठाउँ जित्नेथियौं तर हामी हाऱ्यौं।

-हिस

About Author

Advertisement