प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले संस्कृति एवं रीति-नीतिलाई नै परिवर्तन गऱ्योः जेपी नड्डा

फाइल फोटो

खरगोन: भारतीय जनता पार्टी (भाजपा)-का राष्ट्रिय अध्यक्ष जेपी नड्डाले भने, ‘प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले संस्कृति अनि रीति-नीतिलाई नै परिवर्तन गऱ्यो। नौ वर्षअघि भारतको नाम भ्रष्टाचारी देशहरूको सूचीमा अंकित थियो भने नौ वर्षपछि हामी ब्रिटेनलाई पछार्दै पाँचौं नम्बरको अर्थव्यवस्था भएको छौं। देश र राज्यका भाजपा सरकारहरू जिम्मेवार र प्रो-एक्टिभ सरकार हुन्। मध्य प्रदेशमा बीचमा कंग्रेसको सरकार आएपछइ विकासको गंगा रोकिएको थियोl’

भाजपा अध्यक्ष नड्डाले शुक्रबार मध्य प्रदेशको खरगोनस्थित नवग्रह मेला मैदानमा भाजपा नेतृत्वाधिन केन्द्र सरकारको नौ वर्ष पूरा भएको अवसरमा आयोजित विशाल जनसभालाई सम्बोधन गरिरहेक थिए। सभामा मुख्यमन्त्री शिवराज सिंह चौहान तथा पार्टीका प्रदेश अध्यक्ष वीडी शर्मा पनि उपस्थित थिए। कार्यक्रममा कंग्रेस विधायक विजयलक्ष्मी साधौकी बहिनी प्रमिला साधौले भाजपाको सदस्यता ग्रहण गरिन्। जनसभामा भाजपा अध्यक्ष नड्डाले प्रदेशको पूर्ववर्ती कंग्रेसको कमलनाथ सरकारको समयमा भएको भष्ट्राचारलाई लिएर प्रहार गर्दै भने, ‘करगिलको च्याप्टरलाई कमलनाथको सरकारले विद्यार्थीहरूको पाठ्यक्रमबाट निकालिदिएको थियो। यो हाम्रो सेनाको अपमान हो। अब आगामी नोभेम्बरमा तपाईहरूले कमलनाथको च्याप्टरलाई नै गायब गर्नुपर्छl’ उनले भने, ‘देशका १४० करोड़ जनता मोदी जीको पक्षमा छन् तथा मोदीलाई अघि बढ़ाउने काम गरिरहेका छन्l’ उनले सपा, टीएमसी, आरजेडीसमेत अन्य राजनीतिक दलहरूलाई लक्षित गर्दै भने, ‘यी पार्टीहरूमा नेताहरूका सन्तान नै अघि बढ़्न सक्छन्। पार्टी पनि परिवारकै हो बाँकी सबै पेरोलमाl’

नड्डाले राहुल गान्धीलाई लिएर भने, ‘उनी विदेशमा भन्छन्, लोकतन्त्र खतरामा छ। राहुल गान्धीकी हजुरामाले आपतकाल लगाएकी थिइन् तथा मानिसहरूलाई जेलमा थुनेकी थिइन्। आज प्रधानमन्त्री मोदी विदेश जाँदा राष्ट्रीय सम्मान मात्र होइन राजकीय यात्रा पनि हुन्छ। दुई देश मिलेर कसरी काम गर्न सकिन्छ भन्ने विषयमा आज विदेशहरूसित चर्चा हुन्छl’ उनले भने, ‘हाम्रो सरकारले नौ वर्षमा १४ मेडिकल कलेज खोलेकोछ। मध्य प्रदेशमा बितेको नौ वर्षमा हाइवे बनाउनको लागि २७ हजार करोड़ रुपियाँ खर्च गरिएको छ। इन्दौर र भोपालमा निर्माणाधिन नयाँ मेट्रो लाइनको कामलाई पनि अघि बढ़ाइँदैछ। देवासमा ग्रीनफील्ड हवाईअड्डा बनाउने प्रस्ताव पनि छ। डबल इञ्जनको सरकारले विकासको दृष्टिले कति काम गरिरहेको छ भन्ने कुरा तपाईहरू सबैलाई थाहा छ। कमलनाथले जनहितैषी योजनाहरूलाई रोकिदिएका थिए अब तपाईहरूले आगामी नोभेम्बरमा कमलनाथलाई रोकेर उनलाई घरमै बसाउनुहोस्l’ –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement