अदालतबाट भाजपा सांसद सौमित्रले पाए पक्राउबाट राहत

00-1-Rashtriya-Samachar-27

कोलकाता: भारतीय जनता पार्टीका सांसद सौमित्र खानले पक्राउदेखि राहत पाएका छन्। उनीद्वारा कलकत्ता उच्च अदालतमा लगाइएको याचिकामा सुनवाई गर्दै न्यायमूर्ति राजशेखर मन्थाको एकल पीठले शुक्रबार स्पष्ट गऱ्यो, आउँदो १५ जुलाईसम्म सौमित्रविरूद्ध पुलिसले कुनै कारबाही गर्नसक्ने छैन। यसका साथै जुन अमर्यादित भाषालाई लिएर पुलिसले उनी विरद्ध प्राथमिकी दर्ता गरेको थियो, त्यसमा सांसदको आलोचना पनि गरियो। न्यायाधीशले भने, ‘एक सांसदको भाषा यस्तो हुनुहुँदैन। यस मामिलामा तपाईले अग्रिम जमानतको याचिका लगाउनुहोस् या प्राथमिक रद्द गर्नका लागि सम्बन्धित जिल्ला अदालतमा जानुहोस्। यद्यपि, १५ जुलाईसम्म तपाईको पक्राउमा म रोक लगाइरहेको छुl’ उल्लेख्य, सोनामुखी थानाका प्रभारीविरूद्ध सांसद सौमित्र खानले असूलीको आरोप लगाउँदै आपत्तिजनक शब्दहरूको प्रयोग गरेका थिए। यसपछि उनीविरूद्ध गैर जमानती धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको थियो। यस मामिलामा राहत पाउन उनी अदालत पुगेका थिए। -हिस

About Author

Advertisement