बाटोको खराब अवस्थाको कारणले असार पन्ध्रको अवसरमा सुखे मानेभञ्ज्याङ रोडमा हाम्रो पार्टीद्वारा धान रोप्ने कार्य सम्पन्न

IMG-20230630-WA0389.jpg

दार्जीलिङ: असार पन्ध्र लाग्यो है भन्दै सुखे र मानेभन्ज्याङ जोड्ने बाटोमा धान रोपिएको छ। दार्जीलिङ पहाडको प्रसिद्व पयर्टन स्थल सन्दक फु, फालूट जाने बाटोको अवस्था गत धेरै वर्ष अघिदेखि जीर्ण्वस्थामा पुगेको छ। यसबारे जीटीए सभा लगायत विभागीय अधिकारीहरूसंग धेरै पटक जीर्णद्वारको गुहार लगाउँदै आएको भएता पनि आजसम्म बाटोको जीर्णद्वार हुन नसक्दा हाम्रो पार्टी सुकिया मानेभञ्ज्याङ समष्टिले आज असार पन्धको छेक पारेर धान रोप्ने काम गरेको गरिएको छ। आयोजित धान रोप्ने कार्यक्रममा हाम्रो पार्टीको समष्टि अध्यक्ष दिपेन राई अनि समष्टि सह सचिव दावा शेर्पा लगायत स्थानीय ग्रामवासीहरूको उपस्थिति रहेको थियो। यसै सन्दर्भमा हाम्रो पार्टीको समष्टि सह सचिव दावा शेर्पाले बताए अनुसार सुखेदेखि मानेभञ्ज्याङ छेउमा नै अवस्थित छ। यो बाटो भएर नै दार्जीलिङ पहाडको प्रसिद्ध पयर्टन स्थल सन्दक फु, फालूट देश विदेशका पयर्टकहरू घुम्न जाने गर्छन् तर विगत धेरै वर्ष अघिदेखि यस बाटोको अवस्था अति नै सोचनीय रहेको छ। बाटोको बीच बीचमा ठूल्ठूलो खाल्ठाहरू परेको छ जहाँ बर्खा याममा परेको पानीहरू जमेर गाडी कुदाउन धेरै समस्याहरू हुने गर्छ। सिधा भन्नु हो भने बाटोमा जमेको पानीले गर्दा कुनै गाडी चालकहरूलाई गाडी चलाउन धेरै गाह्रो हुन जान्छ। यस्तो स्थितिले गर्दा कुनै पनि समय भयानक दुर्घटना हुने प्रबल सम्भावना रहेको तिनले बताए। गत साल सम्पन्न भएको जीटीए सभाको चुनाव अघि अहिले सत्ता चौकीमा बस्नेहरूले सुखे मानेभञ्ज्याङको यो बाटोको जीर्णद्वार गरी दिई हाल्ने स्थानीय गाउँलेहरूलाई वाचा समेत गरेका थिए। तर आज वर्ष दिन नाघिसक्दा पनि बाटोको जीर्णद्वार नभएको सह सचिव शेर्पाले बताए। उनले अघि भने बाटोको यस्तो अवस्थाको कारणले गर्दा सुखे मानेभन्ज्याङ आदि क्षेत्रका बासिन्दाहरूलाई धेरै समस्याहरू भई रहेको सहसचिव शेर्पाले बताए। सन्दक फु,फालुट विश्वको पयर्टन स्थलको सूची पर्ने भएकोले यहाँ पयर्टन मौसमको समयमा देश विदेशका पयर्टकहरू घूम्न आउँने गर्छन अनि यहाँको प्राकृतिक द्वश्यहरू हेरेर रमाउँने गर्छन् तर सन्दक फु,फालुट जाने बाटोको यस्तो अवस्था ले गर्दा पयर्टकहरू पनि सन्दक फु,फालुट घूम्न जाने डराउँने गरेको सहसचिव शेर्पाले बताउँदै यस बाटोको जीर्णद्वार अविलम्ब गरिनु पर्ने मांग गरेको छ।

तिनले अझ भने हिज विहिबार हामी मानेभन्ज्याङ बजार आदि क्षेत्रहरूमा चूनावी प्रचार प्रसार गर्न गएका थियौ। त्यस अवधि स्थानीय बासिन्दाहरूले बाटोको जीर्ण अवस्था बारे हामीले जीटीए सभाको सत्ता चैकीमा बस्नेहरूदेखि लिएर सत्ता दलको नेतृत्वहरू साथै विभागीय अधिकारी हरूलाई धेरै पटक जीर्णद्वारको गुहार लगाई सक्यौ तर हाम्रो मांगलाई पत्तो नदिन्दा यो बाटोमा अब धान लगाउँन उचित सम्झेको छौ भन्दा हामीले गाउँबासीहरू संग मिलेर बाटोमा धान लगाएका हौ सहसचिव शेर्पाले भने। यसरी नै समष्टि अध्यक्ष दिपेन राईले विगतको चुनावमा तपाईहरू झुकिनु भयो अब पूनः नझुकिने आह्वान् गरेका छन्।

About Author

Advertisement