घैयाबारी ग्राम पञ्चायत दुईमा पञ्चायत समितिको सिटमा सातजना प्रार्थीहरू चुनाव मैदानमा

IMG-20230627-WA0306.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी दुई ग्राम पञ्चायतमा पञ्चायत समितिमा रहेको दुईवटा सिटमध्ये एउटा सिटमा सातजना प्रार्थीहरू चुनाव मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन्। घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत तीनधारे क्षेत्रको बुथ नम्बर २४४ चुनभट्टी, २४५ मिठाईडाँड़ा र बुथ नम्बर २४६ तीनधारे चियाबारी क्षेत्रमा रहेको पञ्चायत समितिको सिटमा सातजना प्रार्थीहरू चुनाव मैदानमा उत्रेका छन्। यसमा पहाड़को सत्तारूढ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीको रूपमा साजन दर्जी, भारतीय जनता पार्टीको प्रार्थीको रुपमा बिमल दर्जी अनि निर्दलीय प्रार्थीहरू क्रमैले रञ्जन गजमेर (भुपेन), संग्राम घतानी, योगेस विश्वकर्म, प्रकाश सार्की र रञ्जित सार्की रहेका छन्। सातजना प्रार्थीहरू यसपालीको पञ्चायत चुनावमा पञ्चायत समितिको प्रार्थीको रूपमा अनिसूचित जातिको आरक्षण रहेको सिटमा चुनाव लड़िरहेका छन्। सातैजना प्रतिद्वन्दीहरूले चुनाव जित्ने कुरामा आशावादी रहेको बताएका छन्। सातैजनाले विभिन्न मुद्दाहरू लिएर चुनाव मैदानमा उत्रेका छन् भने पहाड़मा पहिलोपल्ट भईरहेको पञ्चायत समितिको चुनावमा प्रतिद्वान्दिता गरिरहेका छन् भने सबैले चुनाव जितेर जनताको सेवा गर्नलाई काम गर्ने र गाउँ घरको विकासको कार्यहरू गर्ने प्रतिबध्दता जाहेर गरेका छन्। घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारे क्षेत्रबाट पञ्चायत समितिको सिटमा चुनाव लडिरहेका सातजना प्रार्थहरूमध्ये भारतीय जनता पार्टीको टिकटमा चुनाव लडिरहेका बिमल दर्जीले मीडिया समक्ष बोल्न मानेनन् भने अन्य छजना प्रार्थीहरू क्रमैले भागोप्रमोेको साजन दर्जी, निर्दलीय प्रार्थीहरू क्रमैले रञ्जन गजमेर, संग्राम घतानी, योगेस विश्वकर्म, प्रकाश दर्जी र रञ्जित सार्कीले पत्रकारहरूसित कुराकानी गर्दै विभिन्न विषयहरूमा विस्तृत रुपमा जानकारी गराएका छन्। उनीहरूले पञ्चायत चुनाव अन्तर्गत पहाड़मा पहिलोपल्ट भईरहेको दुई स्तरीय पञ्चायत चुनावको पञ्चायत समितिको सिटहरूमा प्रतिद्वान्दिता गरिरहेको र जितेर पञ्चायत समितिको सदस्य बनेको खण्डमा आफ्नो गाउँ घर र क्षेत्रका विकासको लागि कार्यहरू गर्ने प्रतिबध्दता जाहेर गरेका छन्। सबै प्रार्थीहरूले जनताको सेवा गर्न र विकासको कार्यहरू गर्न तत्पर रहने बताएका छन्। सबैजना जीतप्रति आशावादी रहेका छन्। तर घैयाबारी ग्राम पञ्चायत दुईको तीनवटा बुथहरूका जनताले सातजना प्रार्थीहरूमा कसलाई जिताएर पञ्चायत समितिको सदस्य बनाउने हुन् त्यो भविष्यले नै बताउनेछ।

About Author

Advertisement