उत्तराखण्ड: केदारनाथ यात्रा फेरि आरम्भ भयो

00-1-Kedarnath

गुप्तकाशी: उत्तराखण्ड र घाटीमा वर्षा रोकिनसाथ केदारनाथ धामको यात्रा मंगलबारदेखि पुनः संचालन भएको छ। यद्यपि यसपालि तीर्थ यात्रीहरूको सुरक्षालाई लिएर पुलिस प्रशासन एकदमै सतर्क भएको छ। बितेका दुई दिनदेखिको भइरहेको अविरल वर्षालाई ध्यानमा राखेर स्थानीय प्रशासन, त्यसपछि राज्यले केदारनाथ धामको यात्रामाथि रोक लगाएको थियो, तर आज बिहान मौसम सफा हुनसाथ सोनप्रयागबाट पहिलो झुण्ड केदारनाथ धाम तर्फ प्रस्थान भएको छ। तथापि गौरीकुण्ड केदारनाथ पैदल मार्गमा पैह्रो जाने र पहाड़बाट ढुङ्गा-माटो झर्ने क्रम जारी छ। तीर्थ यात्रीहरू भने केदारनाथ धामतिर जान छाड़ेका छैनन्।

आपदा प्रबन्धनद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ऋषिकेश-केदारनाथ राष्ट्रीय राजमार्ग (एनएच-१०७) यातायातको लागि सुचारू छ। ऋषिकेश-श्रीनगर-रूद्रप्रयाग राष्ट्रीय राजमार्ग (एनएच-५८) औ गौरीकुण्ड-केदारनाथ पैदल मार्ग यातायातको लागि सुचारू छ। साथै जिल्लाका सबै खण्डहरूमा विद्युत आपूर्ति, पेजयल आपूर्ति बहाल भएको छ। -हिस

About Author

Advertisement