आर्थिक सल्लाहकार महेन्द्र पी लामाको नेतृत्वमा उच्चस्तरीय टोलीले गऱ्यो मुख्यमन्त्रीसँग भेट

गान्तोक: सिक्किम सरकारका मुख्य आर्थिक सल्लाहकार डा. महेन्द्र पी. लामाको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले एनईडीएफआईका सल्लाहकार बेजबरूवा र प्रबन्धक अभिषेक लामाले हिजो राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङसँग उनको सरकारी निवासमा भेट गरे।

भेटको क्रममा टोलीले नेपाललगायत छिमेकी मुलुकसँगको पूर्वोत्तर राज्यको नाका खोल्ने सम्भावनाबारे परराष्ट्र मन्त्रालयले तोकेको परियोजनाको सारांश मुख्यमन्त्री समक्ष प्रस्तुत गरे। टोलीले मुख्यमन्त्रीलाई सिक्किमको गेजिङ जिल्लाको उत्तरे र चिवाभञ्ज्याङको भ्रमण बारेमा पनि जानकारी गराए।डोनर मन्त्री जी. किशन रेड्डीले उनीहरूलाई सिक्किम भ्रमण गर्न र भारत बीचको व्यापारको सम्भावनाहरू रिपोर्ट गर्न निर्देशन दिएका मुख्यमन्त्रीलाई अवगत गराए।

यसबाट दुवै देशलाई फाइदा हुने बताउँदै टोलीले सीमाना खोल्ने र आधुनिक एकीकृत भूमि बन्दरगाहको विकासले पर्यटन, स्वास्थ्य, शिक्षा र व्यापार क्षेत्रलाई टेवा पुग्ने बताए। टोलीले आफ्नो भ्रमणमा सबै सरोकारवाला र स्थानीय अधिकारीले सहयोग गरेको, पूर्वाधारको विकास र छिमेकी राष्ट्र नेपालसँगको सीमा व्यापार खुला गर्न अमूल्य सुझाव दिएको पनि उल्लेख गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *