श्रम विभाग विभाग र चालक संघका प्रतिनिधिहरूबीच बैठक सम्पन्न

गान्तोक। आज श्रम विभागीय सचिव नम्रता थापाले श्रम भवनको प्रक्षगृहमा विभिन्न चालक संघका प्रतिनिधिहरूसँग एउटा विशेष सभा गरे। सिक्किम श्रम ऐनमा पञ्जिकृत भए चालकहरूले के कस्ता सुविधाहरू प्राप्त गर्नसक्छन् सो बारेमा चालकहरूलाई अवगत गराउन सभाको मुख्य उद्देश्य रहेको थियो। आजको सभामा विभिन्न चालक संघका प्रतिनिधिहरूले आ-आफ्नो समस्या साथै सुझावहरू सचिवसमक्ष पेश गरे। आगामी दिनमा ती जम्मै सुझावहरूलाई मध्यनजरमा राखेर सम्बन्धित विभागले आवश्यक कदम उठाउने सचिवले सबैलाई आश्वस्त गराए।

सभामा जनकारी गराए अनुसार चालकहरूले ई- श्रम पोर्टलमा आफैलाई पञ्जिकृत गर्नसक्छन् अनि पञ्जिकृत भएपछि युनिभर्सल एकाउण्ट नम्बर प्रदान गरिनेछ। पञ्जिकृतले प्रधानमन्त्री मन्त्री सुरक्षा विमा योजना अन्तर्गत दुर्घटनाको समयमा इन्सुरेन्सको सुविधा प्रप्त गर्नेछन्। यसको साथै श्रम विभागले श्रमिकहरूलाई टोली सहयोग दिनको निम्ति ट्रोल फ्री नम्बरको पनि शुरुवात गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *