१ हजार शल्यक्रिया गरेर एसटीएनएम अस्पतालको नौलो उपलब्धि

गान्तोक। एसकेएम पार्टी सरकारमा आएपछि स्वास्थ्यको क्षेत्रलाई प्राथमिकता दिँदै सुधारको काम गरिरहेको छ। वर्तमान सरकारले राज्यको विभिन्न अस्पतालमा चिकित्सको पूर्वधार विकास गरेको छ। एसटीएनएम अस्पतालमा डायलासिस शुरू गरिएको छ, जुन राज्यका किडनी रोगीहरूले धेरै लाभ उठाइ रहेका छन्। यसरी नै हद्य विशेषज्ञ पनि नियुक्ति गरिएको हुनाले धेरै शल्यक्रिया यहाँको अस्पतालमा नै भइरहेको छ।

एसटीएनएम अस्पतालको कार्डियोलोजी विभागले अहिलेसम्म एक हजार वटा शल्यक्रिया गरेर सफलता हासिल गरेको छ। यसभन्दा अघि शल्यक्रियाको निम्ति राज्य बाहिरको मेट्रोपोलिटिन शहरमा जानु पर्ने वाध्यता थियो। हद्य रोगी विशेषज्ञ डा. डीपी राईलाई एसटीएनएम अस्पतालमा ल्याएपछि धेरै रोगीहरूले नयाँ जिवन पाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement