राजभवनमा जनसम्पर्क कार्यक्रम आयोजित

IMG-20230624-WA0347.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको नेतृत्वमा राजभवन परिसरमा जनसम्पर्क कार्यक्रम आयोजना गरियो। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य राजभवनमा कार्यरत कर्मचारीहरूसँग व्यक्तिगतरूपमा परिचय आदन प्रदान गरिनुको साथै उनीहरूको समस्याबारे जानकारी लिनको साथै एक अर्कामा सम्वन्ध मजबुत बनाउनु रहेको थियो। उक्त कार्यक्रममा राज्यपालले विशेष गरेर टिम वार्कमाथि प्रकाश पार्दै कार्यस्थलमा सकारात्मक वातावरण सृजना गर्नुपर्ने साथै सबै जनाले कुराकानी गरेर समस्या समाधान गरिनुपर्नेमाथि अवगत गराए। राज्यपालले कार्यक्रममा हालसम्म राजभवनमा कार्यरत कर्मचारीहरूद्वारा अतिथिहरूको निम्ति गरिएको सत्कार साथै अनुशासनको सराहना गरे। जसले राजभवनको निम्ति समर्पित भावनाले काम गर्छ उनीहरूलाई दीर्घकालिन सेवाको निम्ति सम्मान गर्ने बताए। यसै क्रममा राज्यपालले राजभवनका कर्मचारीहरूका नानीहरूको निम्ति स्वास्थ् शिविर र प्रतिष्पर्धा कार्यक्रम आयोजना गरिने जानकारी गराए। उनले राजभवनको गरिमालाई कायम राख्नको निम्ति सबैले एक भएर काम गर्नुपर्ने सुझाउ दिए।

About Author

Advertisement