मानव उत्थान सेवा समिति युवा प्रकोष्ठद्वारा निलम गुरूङ अभिनन्दित

IMG-20230624-WA0346.jpg

गान्तोक: मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र युवा प्रकोष्ठद्वारा आयोजित तीन दिवसीय ग्रीष्मकालीन शिविरमा दोस्रो “द पोएट आइडलमा विजेता निलम गुरुङलाई सम्मान जनाइयो। मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र युवा प्रकोष्ठकी अध्यक्ष महात्मा अदिना बाईजीले उनलाई सम्मान जनाएको हो। निलम गुरुङ युवाहरूको प्रेरणा हुनको साथै बहुप्रतिभाशाली नारी सशक्तिकरण,गीतकार, अनुवाद,स्ट्याण्ड-अप कमेडियन,उधमी,गायक र नेपाली भाषामा लेख्ने एक सशक्त र सफल यथार्थवादी कवि रहेको विज्ञप्तिमा जानकारी गराइएको छ। मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र युवा प्रकोष्ठद्वारा आयोजित तीन दिवसीय ग्रीष्मकालीन शिविरको प्रथम दिनको शिविरमा विभिन्न वक्ताहरूले सम्बोधन गरेका थिए भने दोस्रो दिनको शिविरलाई मूल सचिव प्रकाश हाङखिम,सागर मोक्तान महात्मा सरला बाईजी,महात्मा सुमति बाईजीले पनि सम्बोधन गरेकी थिइन्। यसै क्रममा महात्मा कृतिका बाईजी, महात्मा चन्द्रकान्ति बाईजी, महात्मा विन्द्रा बाईजीले व्यवहारिक रूपमा साधना गराएकी थिइन् भने युवा प्रकोष्ठलाई लिएर अध्यात्मिक एवं भौतिकीमाथि सम्भाषण पनि राखिएको थियो।

About Author

Advertisement