भाजपा प्रार्थीहरूद्वारा राजगञ्ज ब्लकमा चुनाउ प्रचार

5e1734ec-b2bd-4472-8629-0f2f77054657-1024x576.jpg

राजगञ्ज: पञ्चायत चुनाउ नजिकिँदै गइरहेकोले सबै राजनीतिक पार्टीहरूले जोडतोडले चुनाउ प्रचार गरिरहेको छ यसै क्रममा राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत वेल्कीपारा इलाकामा भाजपा प्रार्थीहरूले आज चुनाउ प्रचार गरे। भाजपा प्रार्थीहरू आज कार्यकर्ता तथा समर्थकहरूको साथमा राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको वेल्कीपारा इलाकाको घर-घरमा पुगेर चुनाउ प्रचार गरे। जिल्ला परिषदका प्रार्थी उदय शंकर सेन मजुमदार, बिन्नागढी पञ्चायत समितिका प्रार्थी मोनिका अधिकारी र वेल्कीपारा बुथ पञ्चायत प्रार्थी रोहिणी बर्मनको समर्थनमा आज चुनाउ प्रचार गरियो यस सम्बन्धमा जिल्ला परिषद प्रार्थी उदय शंकर सेन मजुमदारले भने, चुनाउ प्रचार अवधि मानिसहरूबाट राम्रो प्रतिक्रिया पाइरहेका छौं। पञ्चायत चुनाउमा भाजपाको जीत निश्चित रहेको तिनले दावी गरे।

About Author

Advertisement