पीडित भीम प्रसाद लिम्बूलाई विश्ववाणी चर्चद्वारा आवश्य सामग्री प्रदान

IMG-20230624-WA0348.jpg

गेजिङ: गत केही दिनदेखि निरन्तर परेको पानी साथै प्राकृति प्रकोपको कारण विस्थापित बनेका भीम प्रसाद लिम्बूलाई विश्ववाणी चर्च दरापले आवश्यक सामग्री प्रदान गरेको छ। पीडित लिम्बूको घर गत १५ जूनक दिन रिम्बि खोलाले बगाएपछि उनी घरबिहिन बन्न पुगेका थिए। उल्लेखनीय छ, लिम्बूको भान्सा घर खोलाले बगाएको थियो भने मूल घर मानिस बस्न नसक्ने अवस्थामा रहेको छ। यसर्थ यस्तो स्थितिमा पीडित लिम्बू घर छोडन बाध्य बनेका थिए। यसरी सर्वस्व गुमाएपछि उनलाई स्थानीय चर्चले नगद राशि सहित आवश्यक सामग्री प्रदान गरेको जानकारी गराइएको छ। उक्त समयमा 90 वर्षीय एक वृद्धलाई समेत खोलाले बगाएको थियो। प्रत्येक वर्ष उक्त खोलाको चपेटमा परि धेरै जना विस्थापित बन्न पुगेका छन्। यसर्थ जिल्ला प्रशासनले रिम्बी खोलाको किनारमा बसोबासो गर्दै आएकाहरूलाई सदैव सतर्क रहने सुझाउ दिएको छ।

About Author

Advertisement