गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा देश र राज्यका जनतालाई शुभकामना व्यक्त गरेका छन्। आफ्नो सन्देशमा, राज्यपालले भनेका छन् के यस वर्ष भारतले वसुधैव कुटुम्बकमको आदर्श वाक्यको साथ जी२०(G20) को अध्यक्षता गरिरहेको छ, अन्तर्राष्ट्रिय योग दिवस २०२३ को विषयवस्तु वसुधैव कुटुम्बकम, एक विश्व एक स्वास्थ्यको सिद्धान्तमा राखिएको छ। विश्व एक परिवारको सिद्धान्तबाट प्रेरित विश्व समुदायमा भारत निश्चित रूपमा जोडिन खोजिरहेको छ। योग एक शारीरिक व्यायाम मात्र होइन, यो जीवनको मार्ग हो, आत्म-अन्वेषण र आत्म-अनुभूतिको मार्ग हो। योगले हामीलाई स्वस्थ बनाउनुका साथै मन र मस्तिष्कमा स्थिरता सृजना गरी समाजप्रति सेवाको भावना पनि जगाउँछ. राज्यपालले भने। उनले भनेअनुसार सिक्किमको भूमि र यहाँको प्रकृति दुवै योगका लागि अनुकूल छ। प्राकृतिक सौन्दर्य र शान्त वातावरणले प्राकृतिक रूपमा शान्ति र प्रकृतिसँग गहिरो सम्बन्ध जगाउँछ, जुन योग यात्राका आवश्यक तत्वहरू हुन्। राज्यपालले भने यस अवसरमा हामीले स्वास्थ्य पर्यटनलाई बढावा दिनुपर्छ र सिक्किमलाई उदाहरणीय आत्मनिर्भर राज्यको रूपमा स्थापित गर्न योगदान गर्नुपर्छ।











