सिलगढी: सिलगढी हैदरपाडा स्पोटिङ क्लबले आज रथयात्राको दिनदेखि खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरेको छ। हैदरपाडा स्पोटिङ क्लबले प्रत्येक वर्ष शहरवासीलाई आकर्षणिय पुजा मण्डप उपलब्ध गराउँदै आइरहेको छ। यसपल्ट ५४औं वर्षमा यस क्लबले ‘कल्पलोकेर भावना’ थिममा दुर्गा पुजाको पण्डाल तयारी शुरू गरेको छ। आज विधिपूर्वक खुट्टी पुजाको आयोजना गरियो यस विषयमा क्लबका सचिव निमाई पालले भने, यस वर्ष ‘कल्पलोकेर भावना’ थिममा दुर्गा पुजाको पण्डाल बनाइनेछ। यस वर्षको पुजा पण्डालले सहरवासीको मन जित्नेछ।









