अहमदाबाद: केन्द्रीय गृह एवं सहकारिता मन्त्री अमित शाहले वर्षौं पुरानो परम्परालाई पालन गर्दै मंगलवार भगवान जगन्नाथको दर्शन गरी मंगला आरती गरे। त्यसपछि शाहले अहमदाबादलाई ७३ करोड़ रुपियाँका विकास कार्यहरूको उपहार दिए। यस शुभ अवसरमा केन्द्रीय गृहमन्त्री शाहले अहमदाबाद महानगरपालिका (एएमसी)-को न्यू राणिपमा निर्मित उद्यानको लोकार्पण गरे। त्यसपछि उनले जगतपुरको गोदरेज गार्डन सिटी नजिक रेलवे फ्लाईओभरको उद्घाटन गरे। क्रेडाईद्वारा विकसित पीपल्स पार्कको उद्घाटन अनि बावलामा त्रिमूर्ति हस्पिटलको भूमिपूजन पनि शाहले गरे।
यस अवधि केन्द्रीय मन्त्री शाहले बुधवार आयोजना भइरहेको अन्तर्राष्ट्रिय योग दिवसको चर्चा गर्दै यसको लागि प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका प्रयासहरूको उल्लेख गरे। उनले भने, ‘प्रधानमन्त्री मोदीको नेतृत्वमा देशले तीव्र वेगमा विकास कार्य गरिरहेको छ। देशमा भइरहेको सकारात्मक परिवर्तनलाई मानिसहरूले महसुस गरिरहेका छन्। देशका ग्रामीण क्षेत्रहरूसम्म विकास कार्यलाई पुऱ्याउनमा सफलता हात लागेको छl’ यस अवसरमा मुख्यमन्त्री भूपेन्द्र पटेल एवं उद्योग राज्य मन्त्री जगदीश विश्वकर्मासहित स्थानीय विधायक हर्षदभाई पटेल, पूर्व विधायक अरविन्दभाई पटेल, अहमदाबाद मनपा स्थायी समितिका अध्यक्ष हितेशभाई बारोट, पार्षद तथा स्थानीय नागरिकहरू उपस्थित थिए। -हिस










