सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः गोर्खा स्पोर्टिंग क्लब विजयी

photocollage_202362016262741.jpg

२० जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा गोर्खा स्पोर्टिंग क्लब, नागरीले जीतको साथ अभियान शुरु गऱ्यो। दार्जीलिङको लेबोंग स्टेडियममा मंगलवार खेलिएको दिनको पहिलो म्याचमा गोर्खा स्पोर्टिंग क्लबले होली लाइन फूटबल क्लब (कलेज लाइन)-लाई ४-१-ले पराजित गऱ्यो। ग्रुप डी-को यस म्याचमा विजेता टीमबाट प्रियांशु राणा र निशान्त लोहारले २-२ गोल गरे। यसरी होली लाइन एफसी-बाट अनिकेत गुरुङले १ गोल गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement