चिराग-सात्विकको जोड़ी करियरको सर्वश्रेष्ठ तेस्रो ऱ्यांकिंगमा

IMG-20230620-WA0270.jpg

२० जूनः इण्डोनेशिया ओपनमा खिताब जितेर इतिहास रच्ने सात्विक साईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ीले बीडब्ल्यूएफ-द्वारा जारी ताजा ऱ्यांकिंगमा करियरको सर्वश्रेष्ठ तेस्रो स्थान हासिल गरेको छ। कमनवेल्थ गेम्समा स्वर्ण पदक जित्ने जोड़ीले वर्तमान विश्व च्याम्पियन मलेशियाका आरोन चिया र सोह वूई यिकको जोड़ीलाई सीधा गेममा पराजित गरी इण्डोनेशिया ओपनमा खिताब जितेको थियो। यसको साथै सात्विक-चिरागको जोड़ी सुपर १००० टुर्नामेण्ट जित्ने पहिलो भारतीय जोड़ी बनेको थियो। भारतीय जोड़ीले यसअघि ब्याडमिण्टन एशिया च्याम्पियनशीपमा स्वर्ण पदक जित्नको साथै स्विस् ओपनमा पनि खिताब जितेको थियो। पुरुष एकलमा किदाम्बी श्रीकान्त तीन स्थान अघि बढ़ेर शीर्ष २० (१९औं ऱ्यांकिंग)-मा पुगेका छन्। लक्ष्य सेन दुई स्थान अघि बढ़ेर १८औं स्थानमा पुगेका छन्। एचएस प्रणय सर्वश्रेष्ठ एकल ऱ्यांकिंग भएका भारतीय खेलाड़ी हुन्, जो नवौं स्थानमा छन्। प्रियांशु राजावत चार स्थान अघि बढ़ेर ३०औं स्थानमा पुगेका छन्। दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धु महिला एकलमा १२औं र साइना नेहवाल ३१औं स्थानमा रहेकी छन्। महिला युगल ऱ्यांकिंगमा त्रिसा जली र गायत्री गोपीचन्दको जोड़ी १६औं स्थानमा कायम छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *