खरसाङ: खरसाङ खण्डको विभिन्न ग्राम पञ्चायतहरूमा भाजपा र यसको गठबन्धन ‘युनाईटेड गोर्खा गठबन्धन’ ले पञ्चायत चुनावको लागि नामांकन पत्र बुझाउने कार्य सम्पन्न भईरहेको छ। यसै क्रममा गठबन्धन दलहरूमध्ये एक दल क्रामाकपाले पनि आज खरसाङमा नामांकन पत्र बुझाएका छन्। क्रामाकपाले खरसाङको कतिवटा सिटहरूमा आफ्नो प्रार्थी उठाएका छन् भने कतिवटामा गठबन्धन दलहरूलाई सहयोग गरिहेको जानकारी प्राप्त भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै क्रामाकपा सचिव मण्डलीय सदस्य एंव गठबन्धन दलको नेता अरूण घतानीले पहाड़को सबै पञ्चायत सिटहरूमा भागोप्रमो र तृणमूलको विरोधी दलहरू मिलेर गठबन्धन दलहरूले नामांकन पत्र बुझाएका छन्। उनले बताए अनुसार क्रामाकपाले पनि खरसाङको विभिन्न क्षेत्रहरूमा नामांकन पत्र बुझाएको बताएका छन् भने कतिवटा सिटहरूमा भाजपाले हामीलाई सहयोग गरेका छन् भने कतिवटामा हामीले भाजपा र गठबन्धन दलहरूलाई सहयोग गरिरहेको बताएका छन्। उनले आफु पनि खरसाङ खण्ड अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतबाट पञ्चायत समितिमा चुनाव लड्नलाई नामांकन पत्र बुझाउने कार्य सम्पन्न गरेको बताए। उनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, हाम्रो गठबन्धन अनुसार सबैले नामांकन पत्र भरिरहेका छन् भने पछिबाट कसले कसले नामांकन पत्र फिर्ता लिनु पर्ने कसले चुनाव लड्ने विषयमा निर्णय गरिने जानकारी गराएका छन्। उनले गठबन्धनका विभिन्न राजनैतिक दलहरूका नेतृत्वहरूलाई अपिल गर्दै भने, ‘हामी एका अर्कामा प्रतिद्वान्दिता नगरेर हामीले बुझ्नुपर्छ कि हामीमाझ चुनौती ठूलो छ। हामी राज्य सरकार र यसको गठबन्धन दलहरू विरूध्दमा चुनाव लडिरहेका छौं। राज्य सरकार गोर्खाहरूका लागि घातक छ। त्यसैले हामीले गोर्खा गठबन्धन दलहरू भनेर नामकरण गरेका छौं।’
अरूण घतानीले अझ भने, ‘हामीले भाजपाको चुनाव चिन्हमा होइन तर दुई पात एक सुइरोको चुनाव चिन्हमा पञ्चायत समितिमा चुनाव लड़िरहेको र बिजुलीको बल्बको चिन्हमा पञ्चायत सदस्यमा चुनाव लडिरहेका छौं।’