खरसाङ क्षेत्रमा गोरामुमोले पनि भरे भरे नामांकन पत्र

IMG-20230614-WA0434.jpg

गठबन्धन हुन्छ भने माथिदेखि तलसम्म हुनुपर्छ: जेबी गुरुङ

खरसाङ: पञ्चायत चुनावमा गोरामुमोले पनि कतिवटा सिटहरूमा प्रतिद्वान्दिता दिएका छन्। भाजपा र गठबन्धनमा रहेर चुनाव लड्ने भनिए पनि गोरामुमोले पनि कतिवटा सिटहरूमा आफ्नो प्रार्थी उठाएको जानकारी प्राप्त भएको छ। तर पनि गठबन्धनभित्र नै रहेर विशेष सिटहरूमा आफ्नो प्रार्थीहरू दिएको जानकारी प्राप्त भएको छ। गोरामुमो र गठबन्धनमा रहेर नै चुनावको नामांकन पत्र बुझाउने कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोरामुमो खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष निमा लामाले भने, परिस्थिति हेरेर कतिवटा सिटहरूमा गठबन्धनको प्रार्थीहरू नभएको स्थानहरूमा गोरामुमो प्रार्थी दिएको बताएका छन्। उनले विभिन्न प्रश्नहरूको उत्तर दिन्दै भने, हामी गठबन्धनमा रहेर नै चुनाव लडिरहेका छौं। तर भाजपाको अस्तित्व नभएको स्थानतिर गोरामुमोले आफ्नो प्रार्थी उठाएका छन्। उनले अघि भने, पञ्चायत चुनाव दागोपापकै आधारमा भईरहेको कारणले हामीले दागोपाप जिउँदो रहेको छ भनी खुशी मनाएको अनि यसले स्व सुवास घिसिङ पक्का साँचो नेता रैछ र गोर्खाहरूको सुरक्षाको लागि काम गरेको प्रमाण भएको छ। त्यसरी नै गोरामुमो केन्द्रीय समिति सदस्य एंव तीनधारे सुकना समष्टिको सभापति जेबी गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै भने, ‘क्षेत्रीय दलहरूले आफ्नो अस्तित्व खतरामा परेको छ कारण सासंद र विधायकको चुनावमा हामी सबै मिलेर भाजपालाई भोट दिएको हो। तर पञ्चायत चुनावमा पनि राष्ट्रीय दल भएर पनि भाजपाले चुनाव लड्नु खोज्छ कारण पञ्चायत चुनावमा भाजपाले क्षेत्रीय दलहरूलाई मौका दिनु पर्ने हो। यो बौध्दिक विवेचनाको अभावले यस्तो भएको हो। त्यसैले पनि हामीले हाम्रो आफ्नै प्रार्थीहरू पञ्चायत चुनावमा दिईरहेका छौं।’
गोरामुमो केन्द्रीय सदस्य जेबी गुरुङले गठबन्धन विषयमा बोल्दै भने, ‘गठबन्धन केवल माथिल्लो स्तरमा भयो। तर तल्लो स्तरमा भएन र गठबन्धन हुन्छ भने माथिदेखि तलसम्म हुनुपर्छ। हामी पहाड़मा अस्तित्वमा रहेको पार्टी हो। हामी आफ्नो सिध्दान्त र मुद्दामा चुनाव लड्ने पार्टी हो।’

About Author

Advertisement