जुनसुकै गठबन्धन बने पनि विकास र शान्तिका लागि पहाडका जनता हामीसँग छन्: अनित थापा

67a926e8-1644-41b8-81e7-0e5873cbc661

दार्जीलिङ: हामीले पहाडमा पञ्चायती व्यवस्था फिर्ता ल्याएका छौं, जीटीए चुनावमा पहाडमा पञ्चायती राज फिर्ता ल्याइने वाचा गरेका थियौं। दार्जीलिङमा जनता हामीसँग छन्। दार्जीलिङमा उम्मेदवारी दिने क्रममा भारतीय गोरखा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले यस्तो बताएका हुन्। उनले जीटीए निर्वाचनका बेला पहाडका जनतालाई जीटीएमा सत्तामा आएमा पहाडमा पञ्चायती राज फिर्ता ल्याइदिन्छौं भन्ने वाचा गरेका थियौं भने २२ वर्षको लामो अन्तरालपछि पञ्चायत स्थापना हुने बताए। पहाड क्षेत्रमा चुनाव भइरहेको छ। जसबाट पहाडमा शान्ति फर्किएको प्रष्ट हुन्छ। जीटीएका प्रमुख कार्यकारी अधिकृत तथा भारतीय गोरखा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले बुधबार दिउँसो दार्जीलिङमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। उनले जतिसुकै ठूलो गठबन्धन बनाए पनि पहाडका जनता विकासका लागि शान्तिको पक्षमा रहेकाले जनता हामीसँग रहेको बताए।

About Author

Advertisement