हिंसालाई लिएर मुख्यमन्त्रीसित भेट गर्न पुगे नौशाद, ममता भेटिनन्

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पञ्चायत चुनाउ नामांकनलाई केन्द्र गरी दक्षिण २४ परगनाको भांगड़मा लगातार भइरहेका हिंसक घटनाहरूलाई रोक्ने माग लिएर स्थानीय आईएसएफ विधायक नौशाद सिद्दिकी बुधवार अपराह्न अचानक राज्य सचिवालय नवान्न पुगे। यद्यपि, मुख्यमन्त्रीले उनलाई भेट गर्ने समय दिइनन्। लगभग ३ बजी उनी सचिवालय गएका थिए र लगभग एक घण्टापछि बाहिर निस्केर भने, म हिंसाका घटनाहरूलाई लिएर मुख्यमन्त्रीसित कुरा गर्न आएको थिए तर उनीसित समय छैन।

उनले यो पनि भने, ईमेलको माध्यमले मैले मुख्यमन्त्रीलाई म आउनेछु भनेर जनाएको थिए। तर मुख्यमन्त्रीसित यस्ता घटनाहरूबारे कुरा गर्नलाई समय छैन। भांगड़मा लगातार जुन हिंसा भइऱहेछ, त्यतातिर ममताको नजर जाओस् भन्ने मेरो प्रयास थियो। यसैले म सीधा उनीसित कुरा गर्न आएको थिए। भांगड़ क्षेत्रमा जो तृणमूल कार्यकर्ता छन्, तिनीहरूको पनि जनप्रतिनिधि हुँ। सबै जना सुरक्षित रहुन् सबै जनाले सुरक्षित तरीकाले नामांकन दर्ता गर्न सकुन् यसको निम्ति मेरो तर्फबाट प्रय़ास थियो।

उल्लेख्य, भांगड़मा गत सोमवारदेखि लगातार हिंसा भइऱहेछ। आईएसएफ र तृणमूल कांग्रेसका कार्यकर्ताले एक-अर्कामाथि लगातार हमला गरिरहेका छन्। एक दिनअघि मात्र तृणमूल नेताको घरमा हमला भएको थियो।

-हिस

About Author

Advertisement