खरसाङ: पहाड़मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको वर्चस्व कायम रहेको छ। त्यसैले हामी पञ्चायत चुनावको प्रत्येक सिटमा प्रार्थीहरू उठाएका छौं भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै बताएका छन्। उनले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले मंगलबार र बुधवार पञ्चायत चुनावको लागि नामांकन पत्र बुझाउने कार्य गरिरहेको छ र कतिजनाले नामांकन पत्र अन्तिम दिन १५ जूनमा पनि बुझाउनेछ। महकुमा समितिको सभापति सुवास प्रधानले अघि भने, ‘हामीले खरसाङको सबै सिटहरूमा प्रार्थीहरू दिने प्रयास गरिरहेका छौं कारण पहाड़मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको वर्चस्व कायम छ। त्यसलाई मध्य नजर राख्दै सबै सिटहरूमा प्रार्थीहरू उठाईरहेका छौं।’
पञ्चायत चुनावमा तृणमूल कंग्रेससितको गठबन्धन विषयमा सोधिएको प्रश्नको उत्तर दिन्दै प्रधानले हामी सरकारसित मिलेर कार्य गरिरहेका छौं। तृणमूलसित पनि माथिल्लो नेतृत्वहरूले निर्णय गर्छन् र तृणमूलले दायित्व निर्वाह गर्छ भन्ने विस्वास छ भनी बताएका छन्। पञ्चायत चुनावको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले हिजो र आज नामांकन पत्र बुझाउने कार्य सम्पन्न गरेको छ। पञ्चायत चुनावको लागि भागोप्रमोले हिजो पञ्चायत सदस्यको लागि ८९ र पञ्चायत समितिको लागि १५ जनाले नामांकन पत्र बुझाएका थिए। त्यसै अनुरूप आज पनि भागोप्रमोले खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा पञ्चायत सदस्य र पञ्चायत समितिको लागि नामांकन पत्र बुझाउने कार्य सम्पन्न गरेका छन्।











