कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका कालीघाटका काकू अर्थात् सुजय कृष्ण भद्रलाई बुधवार एकपल्ट फेरि ब्याङ्कशाल कोर्टमा पेश गरियो। यहाँ पेशीको समय उनले दाबी गरे, केन्द्रिय एजेन्सीले कसैको नाम लिनका लागि दबाउ बनाइरहेको छैन। यसपछि जब उनलाई कोर्टमा पेश गरियो तब केन्द्रिय प्रवर्तन निदेशालयको तर्फबाट एउटा रिपोर्ट पेश गरियो। यसमा ईडीले दाबी गरेको छ कि सुजय कृष्णको माध्यमले हवाला कारोबार चलाइने गरिन्थ्यो। त्यहीबाट १० करोड़ रूपियाँको लेनदन गरिएको छ। यसको साक्ष्य पनि भेटिएको छ। यसलाई कोर्टमा पेश गरिएको थियो।
ईडीले भन्यो, सुजय कृष्णले १०० भन्दा पनि धेरै ब्याङ्क खाताहरू अपरेट गर्ने गर्थ्यो। यसमा नियुक्ति भ्रष्टाचारको साटो असूली गरिएको राशिको लेनदेन हुँदै आएको छ। सुजय कृष्णको तर्फबाट जमानतको अर्जी लगाइएको थियो तर कोर्टले अहिले यसलाई स्वीकार गरेको छैन।
-हिस











