कोलकाताः दक्षिण २४ परगनाको भांगड़मा पञ्चायत चुनाउअघि नामांकन पत्र जमा गर्नलाई लिएर गत चार दिनदेखि लगातार हिंसा जारी छ। त्यस सन्दर्भमा कलकत्ता उच्च न्यायालयले पुलिसलाई भारतीय धर्मनिरपेक्ष मोर्चा (आईएसएफ) का तीन उम्मेदवारलाई नामांकन पत्र दर्ता गर्नमा मद्दत गर्ने आदेश दिएको छ। न्यायमूर्ति राजशेखऱ मन्थाले बुधवार यो आदेश दिए। उनले यसको निम्ति भांगड़का दुई थानालाई कारबाही गर्ने आदेश दिए।
न्यायमूर्ति मन्थाले निर्देश दिए, काशीपुर र भांगड़ थाना पुलिसले ती उम्मेदवारहरूको निर्विघ्न नामांकनको व्यवस्था गरोस्। राज्यका अन्य उम्मेदवारहरूको मामिलामा पनि यस्तै किसिमको शिकायत पाउदा राज्य निर्वाचन आयोगले कारबाही गर्नेछ। यसबाहेक कोर्टले आदेश दियो कि राज्य पुलिसका डीजीले विभिन्न जिल्लाहरूका पुलिस अधीक्षकहरू र आयुक्तहरूलाई आयोगको आदेशलाई लागू गर्नलाई भनोस्। अर्कोतिर, माकपाले बुधवार उच्च न्यायालयमा आरोप लगायो कि उत्तर २४ परगनाको मानीखामा नामांकन पत्र जमा गरेको समय एक उम्मेदवारसित मारपीट गरियो। त्यस घटनामा कोर्टले बशीरहाटका पुलिस अधीक्षकबाट रिपोर्ट मागेका छन्, सुनवाई आगामी हप्ता हुनेछ।
मङ्गलवार भांगड़-२ बीडीओ कार्यालय परिसरमा तृणमूल र आईएसएफबीच झड़प भयो। दुवै पक्षमाथि मारपीटको आरोप लगाइएको छ। गोलीबारी पनि गरिएको आरोप छ। यसमा दुवै पक्षका मानिसहरू घाइते भए। यसपछि बुधवार आईएसएफले कर्मीहरूमाथि हमलाको आरोप लगाउँदै कलकत्ता उच्च न्यायालयको ढोका ढकढकायो।
-हिस









