गुवाहाटीः गुवाहाटीको वशिष्ठ थानान्तर्गत खानापाड़ाको कोइनाधारा क्षेत्रमा पुलिसले बुधवार सुनका ६ बिस्किट उद्धार गरी दुई तस्करलाई पक्राउ गरेको छ। पुलिस सूत्रहरू अनुसार, गुप्त सूचनाको आधारमा आज कोइनाधारा क्षेत्रमा राष्ट्रिय राजमार्ग-३७ मा तलाशी अभियानमा एक ब्रेजा कार (एएस-०१ईबी-२६८६) बाट सुनका ६ बिस्किट उद्धार गरियो, जसको ओजन ७०२ ग्राम छ। उद्धार गरिएको सुनको भारतीय बजारमा मूल्य लगभग ४५ लाख रूपियाँ बताइएको छ। पुलिसले कार जफत गरेको छ।
पक्रा परेका तस्करहरूको पहिचान बरपेटा जिल्लाको बनियापारा निवासी जहिदुल इस्लाम (२६) र बरपेटा जिल्लाको गरोइमारी निवासी महिदुल इस्लाम (३६) को रूपमा गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी दुवै तस्करसित सोधपुछ गरिरहेछ।
-हिस











